images
images

काठमाडौंमा आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन निषेध


  • 448
    SHARES
  • २०७९ आश्विन १ गते शनिबार

    काठमाडौंमा आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन निषेध

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र शनिबार (आज)देखि धुम्रपान तथा सुर्तिजन्य सेवनमा प्रतिबन्ध लगाइएको छ । महानगरपालिकाले गत भदौं ३० गते सूचना जारी गरेर असोज १ गतेदेखि लागुहुने गरि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको हो । 

    सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ ।

    सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ । कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने महानगरले जनाएको छ । 


    images
    images

    Logo