काठमाडौं । हाल देशको प्रदेश १, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिम, बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाकाे भइरहेकाे छ।
शनिबार देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आइतबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



