चीन । चीनको हुनान प्रान्तको व्यावसायिक भवनमा भीषण आगलागी भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । राज्य सञ्चालित मिडिया सीजीटीएनका अनुसार टेलिकमको भवनमा आगलागी भएको हो ।
यद्यपि अहिलेसम्म कुनै हताहतीको खबर भने प्राप्त भएको छैन । सो व्यापारिक भवन २०० मिटर भन्दा अग्लो छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।