images
images

११ अर्ब ८३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • 288
    SHARES
  • २०७९ भाद्र ३१ गते शुक्रबार

    ११ अर्ब ८३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोडको रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । आइतवार बैंकले सो रकम बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको हो । 

    बैंकले २८ दिन अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।  त्यस्तै, ९१ दिन अवधिको लागि ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ भने १ सय ८२ दिन अवधिको लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

    उक्त ट्रेजरी बिल २८ दिनको कात्तिक १ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको पुस ५ गते परिपक्व हुनेछ भने  १ सय ८२ दिन अवधिको चैत ७ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल आइतवार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ ।

    उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागिता हुन सक्नेछन् ।    


    images
    images

    Logo