काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मुल्य घटाएर पठाएको छ । शुक्रबार (सेप्टेम्बर १६) मा प्राप्त भएकाे नयाँ मूल्यअनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको हो ।
उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ तथा डिजलको १ सय ७८ रुपैयाँ तोकेको छ । यो नयाँ मुल्य सुचीप्राप्त भएसँगै भारतबाट चौथोपटक इन्धनको मूल्य घटेर प्राप्त भएको हो ।