काठमाडौं । आज सुन एकैदिन हजार रुपैयाँले घटेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले गिरावट आइ प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



