images
images

एभरेष्ट बैंकको अग्राधिकार शेयर साधारण सेयरमा परिणत हुने 


  • 333
    SHARES
  • २०७९ भाद्र ३१ गते शुक्रबार

    एभरेष्ट बैंकको अग्राधिकार शेयर साधारण सेयरमा परिणत हुने 

    काठमाडौं । एभरेष्ट बैंकको अग्राधिकार शेयर साधारण सेयरमा परिणत हुने भएको छ । बैंकले चौथो पटक अग्राधिकार शेयरलाई साधारण सेयरमा परिवर्तन गर्न लागेको हो । बैंकले ७ प्रतिशत अग्राधिकार सेयर जारी गरेकोमा यसअघि ३ पटकसम्म साधारण सेयरमा परिवर्तन गरिसकेको छ।

    बैंकले हरेक ३–३ वर्षमा २० प्रतिशतका दरले अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप पाँचौं तथा अन्तिम पटक असोज ६ गते परिणत हुने लागेको हो। 

    सेयर असोज ९ गते साधारण सेयरमा परिवर्तन गरिनेछ । बैंककोे अग्राधिकार सेयरको अन्तिम कारोबार असोज १ गतेसम्म हुनेछ । असोज २ गतेदेखि असोज ३० गतेसम्म अग्राधिकार सेयर कारोबार बन्द हुने एभरेष्ट बैंकले जनाएको छ । 


    images
    images

    Logo