images
images

श्रमिक नेताकाे नाम पार्टी नेताकाे हातमा


  • 306
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    श्रमिक नेताकाे नाम पार्टी नेताकाे हातमा

    काठमाडौं । आउँदो मंसिर ४ गतेको संघीय तथा प्रदेश सभाको चुनावका लागि नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले पार्टीका नेताहरुलाई बिहीवार संघीय तथा प्रदेश सभामा प्रतिनिधित्वका लागि नामावलीसहित ज्ञापनपत्र बुझाएको छ । 

    गत भाद्र २३ गतेको नेपाल ट्रेड युनियन कांग्रेसको कार्य सम्पादन समितिको बैठकले आफ्नो युनियन कांग्रेससम्वद्ध श्रमिक नेताहरुको नामावली बिहीवार अध्यक्ष पुष्कर आचार्यले पार्टीका नेताहरुलाई बुझाएका हुन् । 

    कांग्रेसका नेताहरु शेखर कोइराला, कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार लगायतलाई उक्त नामावली बुझाइएको हो । पत्रमा २०७० सालमा कांग्रेसले नेपाल ट्रेड युनियन कांग्रेससँँग विभिन्न तहमा प्रतिनिधित्व गराउने गरि भएको सममझदारीपत्रको स्मरण गराइएको छ । 

    आचार्यको नेतृत्व गएको प्रतिनिधिमण्डलमा निवर्तमान अध्यक्ष खिलानाथ दाहाल, उपाध्यक्षद्वय तेजेन्द्र कार्की, अजय कुमार राई, महासचिव योगेन्द्र कुँवर, उपमहासचिवद्वय गणेशबहादुर केसी, राधिका कुँइकेल लगायत सहभागी थिए ।

    महासंघले पेश गरेको नामावलीमा खिलानाथ दाहाल, महेन्द्र प्रसाद यादव, तेजेन्द्रजंग कार्की, योगेन्द्र कुँवर, अयोधी यादव, नारायणबाबु कार्की, इन्द्रदेव यादव, दीर्घबहादुर केसी, भीमकला चुदाली, शकुन्तला शर्मा, विष्णु पाण्डे, ईश्वर परियार, ललित श्रेष्ठ, पोषण केसी, चतुर चन्द, मञ्जु खत्री, दीपक तामाङ, कमल परियार र राजाराम ठाकुर छन् ।


    images
    images

    Logo