images
images

विदेशी मुद्राको सञ्चिति झन घट्यो, २० प्रतिशतले बढ्यो रेमिट्यान्स


  • 252
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    विदेशी मुद्राको सञ्चिति झन घट्यो, २० प्रतिशतले बढ्यो रेमिट्यान्स

    काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी मुद्राको सञ्चिति १२ अर्ब डलरले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो महिनासम्ममा सो बराबर घट्न पुगेको हो । असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चालु आर्थिक बर्षको साउन मसान्तमा ९ अर्ब ४२ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १०४९ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई १४८ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।
     
    २० प्रतिशतले बढ्यो रेमिट्यान्स

    चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २० प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड रुपैयाँ पुगेकोे छ । जुन अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या  ४४ हजार ५ सय ४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३ सय ९० पुगेको छ । 


    images
    images

    Logo