images
images

दार्चुलाको छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सुरु 


  • 291
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    दार्चुलाको छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सुरु 

    काठमाडौं । दार्चुलाको छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकाको छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमाना सम्म पुगेको हो । 

     फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित न्यु बालाशिखरको रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो ।

    ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको कम्पनीले जनाएको छ । 

    छाङरुमा रहेका करिब १ सय २० जति घरधुरी र ७ सय जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुने कम्पनीले जनाएको छ । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८ सय मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ ।

     


    images
    images

    Logo