काटमाठौं । अब चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य पेश गर्नुे व्यवस्था गरेको छ । आन्तरिक राजस्व विभागले बिहीबार सूचना प्रकाशित गर्दै चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर पेस गर्नुपर्ने व्यवस्था गरेको हो ।
‘चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेस गर्नुपर्ने र विक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री विजकमा उल्लखे गर्नुपर्नेछ,’ जारी सूचनामा उल्लेख छ ।चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बीजकमा उल्लेख गर्नुपर्ने छ।
पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ । यो प्रावधान कार्यान्वयन गर्ने निकायहरुलाई विभागले जनाएको छ ।




