काठमाडौं । आज पनि सुनको मल्य घटेको छ । विहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



