images
images

आजदेखि दर्ता नभएका मोबाइल नचल्ने


  • 330
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

    काठमाण्डौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको बताएको छ । 

    गैरकानुनी रुपमा नेपालमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको हो । एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा ल्याउन रोक लगाउने उच्च प्रविधि भएको प्राधिकरणले जनाएको छ ।

    यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैनन् । मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।

    यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ÷ ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने छ र  अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।


    images
    images

    Logo