images
images

आजको मौसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना


  • 447
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    आजको मौसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य  बदली  रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा   मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि संभावना रहेको छ।

    त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि संभावना रहेको छ।


    images
    images

    Logo