images
images

महाभियोग सिफारिस समितिमा न्यायाधीशहरू बयान दिन नजाने फुलकोर्टको निर्णय


  • 412
    SHARES
  • २०७९ भाद्र २९ गते बुधबार

    महाभियोग सिफारिस समितिमा न्यायाधीशहरू बयान दिन नजाने फुलकोर्टको निर्णय

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिमा  न्यायाधीशहरू बयान दिन नजाने भएका छन् । बुधबार बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले सो निर्णय गरेको हो । 

    महाभियोग समितिले जबराले नाम मुछेका न्यायाधीशहरुलाई भोलि बिहीबार ८ः३० बजे बस्ने बैठक उपस्थिति हुन भनेको थियो। सोही सम्बन्धमा समितिलाई पत्र लेख्दै अदालतको पूर्ण बैठककबाट उपस्थित हुन नमिल्ने जानकारी गराएको हो।

    ‘सो सम्बन्धमा "महाभियोगसम्बन्धी कारबाही पक्रिया सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल(जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगीकार गरेका मान्यताहरु समेतका कुनै पनि दृष्टिले संविधानसम्मत्, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकाले सोही बेहोरा जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने," कामु मुख्य राजिष्ट्रार नारायणप्रसाद पन्थीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।  


    images
    images

    Logo