images
images

शेयर बजार उत्साह, ४७ अंकले नेप्से बढ्दा १ अर्ब ४५ करोडको कारोबार


  • 380
    SHARES
  • २०७९ भाद्र २९ गते बुधबार

    शेयर बजार उत्साह, ४७ अंकले नेप्से बढ्दा १ अर्ब ४५ करोडको कारोबार

    काठमाडौं । मंगलबार सामान्य अंकले बढेको शेयर बजार बुधबार ४७.४४ अंकले बढेको छ । सो अंकले बढ्न आउँदा  १ हजार ९ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको छ । बुधबार २ सय २७ स्क्रिपको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ४६ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छ ।

    आज नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।  यसअघि बजार निरन्तर घटेर सेयर मूल्य निकै तल्लो विन्दुमा पुगेको थियो भने २ दिन बजार बढेपछि लगानीकर्ताहरु पुनः आकर्षित भएका छन् । 

    यस दिन सबै उपसमूहको परिसूचक उकालो लागेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.९३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक ५.७५ प्रतिशत, विकास बैंकको ४.६२ प्रतिशत र जलविद्युतको ३.६२ प्रतिशत बढेको छ। 

    यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज १ सय ८४ कम्पनीको शेयर मुल्य बढेको छ भने ५ कम्पनीको शेयर मुल्य घटेको छ । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । यस दिन गोर्खाज फाइनान्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र अपि पावरको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    साथै आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको छ ।  साथै लिवर्टी इनर्जि कम्पनीको शेयर ८ दशमलव ३२ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo