काठमाडौं । लगानी बोर्डको कार्यालयले वेबसाइटमा आधारित ‘वान स्टप सेवा’सञ्चालनमा ल्याएको छ।लगानीकर्ताहरुको सहजताको लागि बोर्डले यो सेवा सञ्चालनमा ल्याएको हो। बोर्डले आयोजना गरेको दिगो लगानी पूर्वाधार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि नयाँ सेवा सञ्चालनमा ल्याइएको हाे।
अब, लगानीकर्ताले भिषा सहजीकरण, श्रम स्वीकृती, परियोजनाको लगानी गर्न आशय पत्र पेश गर्ने, वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन पारित, निजी जग्गा अधिकरणमा सहजीकरण, कम्पनी दर्ता, कर कार्यालय जस्ता सेवा अनलाइन माध्यमबाटै पाउने छन् ।

उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउहुँदै यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गरेका छन् । लगानी बोर्डको कार्यालयको लगानी प्रवद्र्धनको मुख्य उद्देश्य सहित स्वदेश र विदेशमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना सोक्यसिङ लगानी सम्मेलन आयोजना गर्दै आएको छ ।
लगानीकर्ताहरुले अनलाइनबाटै आयोजनाका लागि आवेदन दिन सक्नेछ्न्। यसमार्फत आवश्यक कागजातहरु अपलोड गर्न सकिन्छ। त्यसपछि परियोजनाको कागजी काम कहाँ पुगेको छ भनेर वेबसाइटबाटै हेर्न सकिन्छ।



