काठमाडौं । दशैंका लागि आजदेखि सर्वसाधारणले नयाँ नोट साटन पाउने भएका छन् । दशैंका लागि आवश्यक नयाँ नोट बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले साट्न सक्नेछन् । आजदेखि काठमाडौं उपत्यकाभित्र र असोज २ गतेदेखि उपत्यकाबाहिर पनि नयाँ नोट साटक सकिने छ ।
गएका वर्षमा कोभिड १९ को संक्रमणका कारण राष्ट्र बैंक आफैले नयाँ नोट वितरण गरेको थिएन भने यस बर्ष नयाँ नोट एक पटकमा १ जनाले १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउने बैंकले जनाएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोट साँटन पाउनेछन् ।
सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साँट्न सक्नेछन् ।