images
images

काठमाडौँ जिससले गरेको दुईदिने समीक्षा कार्यक्रम सम्पन्न 


  • 502
    SHARES
  • २०७९ भाद्र २९ गते बुधबार

    काठमाडौँ जिससले गरेको दुईदिने समीक्षा कार्यक्रम सम्पन्न 

    काठमाडौँ । काठमाडौँ जिल्ला समन्वय समितिले गरेको दुईदिने समीक्षा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँ जिल्ला समन्वय समितिल स्थानीय तह,  प्रदेश र सङ्घीय कार्यालयहरुको गत आर्थिक वर्षमा सञ्चालित योजनाहरुको समिक्षा मंगलबार सम्पन्न गरेको हो ।
      
    सोमबार र मंगलबार गरी दुई दिनसम्म चलेको समीक्षा कार्यक्रममा दुई दिनमा गरी काठमाडौं जिल्लाका ११ वटा पालिका, संघ र प्रदेशका विषयगत कार्यालयले गत आर्थिक वर्षमा गरेको कार्यक्रमको प्रस्तुति गरेका थिए ।उक्त कार्यालयले गरेको प्रस्तुतीमा सहभागि विभिन्न व्यक्तिहरुले तीनै तहका कार्यालयले सञ्चालन गर्ने कार्यक्रममा दोहोरोपना परेको, एउटा तहको कार्यालयले सञ्चालन गरेको कार्यक्रम अर्को तहको कार्यालयलाई जानकारी नहुँदा कार्याक्रममा दोहोरो र तेहेरोपना परेको गुनासो गरेका थिए । 

    दोस्रो दिनको कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले विषयगत कार्यालयले सञ्चालन गर्ने वार्षिक कार्यक्रमको बारेमा नगरपालिकालाई जानकारी नहुँदा विषयगत कार्यालयले सञ्चालन गरेको कार्यक्रम प्रभावहिन हुने गरेको बताए । 

    मंगलबार प्रस्तुती गर्ने कार्यालयहरुमा नागार्जुन नगरपालिका, टोखा, दक्षिणकाली, तारकेश्वर र बुढानिलकण्ठ नगरपालिका रहेका छन् । त्यस्तै डिभिजन वन कार्यालय, सहरी विकास तथा भवन निर्माण कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, जनस्वास्थ्य कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूसंरक्षण कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सडक डिभिजन कार्यालय, भवन निर्माण संभार डिभिजन कार्यालय र कृषि ज्ञान केन्द्र कार्यालयले प्रस्तुती गरेका थिए । 

    जिल्ला समन्वय समिति महासंघका  महासचिव कृष्णचन्द्र न्यौपानेले जिज्ञासा राख्दै आगामी दिनमा सबै विषयगत कार्यालय र पालिकाले वार्षिक नीति, योजना, र कार्यक्रम निर्माण गर्दा अपसी समन्वय गरेर कार्यक्रम निर्माण गर्न सुझाव दिएका थिए । 

     


    images
    images

    Logo