images
images

एकैदिन २ हजार ५ सय ४९ जना चालक कारवाहीमा 


  • 235
    SHARES
  • २०७९ भाद्र २९ गते बुधबार

    एकैदिन २ हजार ५ सय ४९ जना चालक कारवाहीमा 

    काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५४९ जना चालकहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

    कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २ सय १४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६९ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १ सय २ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ३६ जना र तीव्र गतिमा सवारी साधन चलाउने २७ जना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ७८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६४ जना, सडक लेन उल्लङ्घन गर्ने ४७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३६ जना चालकहरू पनि कारबाहीमा परेका छन् ।


    images
    images

    Logo