images
images

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 354
    SHARES
  • २०७९ भाद्र २९ गते बुधबार

    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज पनि सुनको मुल्य घटेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo