काठमाडौं । जापानका लागि उडेको नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुनबाट बचेको छ । जापानको नारिताका लागि उडेको जहाज उडेको आधा घण्टामा पुनः काठमाडौं नै फर्किएको छ ।
१ सय ८४ यात्रु बोकेर जापान उडेकोनेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाजमा कार्गो होल यरियामा धुवाँ देखिएपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो ।
प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उडेको छ ।