images
images

आज पनि उपत्यकाका यी सडकमा सवारी आवागमन प्रभावित हुने


  • 296
    SHARES
  • २०७९ भाद्र २९ गते बुधबार

    आज पनि उपत्यकाका यी सडकमा सवारी आवागमन प्रभावित हुने

    काठमाडौं । आज पनि काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित भएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको छ । 

    नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।

    यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोध समेत गरेको छ ।


    images
    images

    Logo