images
images

 लागूऔषध सहित आठ जना व्यक्ति पक्राउ


  • 294
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

     लागूऔषध सहित आठ जना व्यक्ति पक्राउ

    काठमाडौं । काठमाडौं दाङ, मकवानपुर बाराबाट लागूऔषध सहित ८ जना पक्राउ परेका छन् ।तुलसीपुर उपमहानगरपालिका–६ स्थित बिगबेली फ्यामिली रेष्टुरेन्ट एण्ड लजबाट १ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहितसोही ठाउँ बस्ने २४ वर्षीय अमृत चौधरी लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    उक्त लजमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले लजको कोठामा बसेका उनीहरूलाई उक्तपदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

    त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० आनन्द टोल डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय समिर सिद्धिकी र उनकै श्रीमती रिजु कुमारी दासलाई ८ ग्राम २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    बारा, जितपुर सिमरा उपमहानगरपालिका–७ टेडा पुल नजिकै भित्री सडकबाटकरिब ११ केजी अवैध लागूऔषध गाँजा सहित पर्सा वीरगंज महानगरपालिका–३२ बस्ने २७वर्षीय फरीयाद अन्सारी लगायत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    जितपुरबाट हरपुरतर्फ जाँदै गरेको ना.२ ह २६२८ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी अटो चालक अन्सारी लगायत उनीहरूलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    images
    images

    Logo