काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक परिवर्तन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णय अनुसार यसअघि रहेका महानिर्देशक प्रेम भट्टराईलाई हटाएर तारानाथ अधिकारीलाई नयाँ महानिर्देशकको रुपमा पठाइएको छ । भट्टराईलाई भने हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा तानिएको छ ।
अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा पठाउनकै लागि केही समय अघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो। उनी त्यसअघि पर्यटन विभागमा महानिर्देशक थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कार्यरत उनी अख्तियारको प्रवक्ता समेत थिए ।