images
images

सहकारीलाई काठमाडौं महानगरले दियो यस्तो निर्देशन


  • 860
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

    सहकारीलाई काठमाडौं महानगरले दियो यस्तो निर्देशन

    काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्ररहेका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर, सभाबाट पारित  प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । 

    महानगरपालिकाले आज एक सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९ भित्र साधारणसभा सक्न र सभाले पारित गरेको प्रतिवेदन १५ दिनभित्र महानगरमा बुझाउन ताकेता गरेको छ । सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।

    महानगरपालिकाले  सहकारी ऐन, २०७४ को दफा ३१(२) सहकारी ऐन, २०७४ को दफा २८(२) एवं दफा १०४ बमोजिम सहकारीलाई साधारणसभाबाट पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । 


    images
    images

    Logo