images
images

५ सचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?


  • 506
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

    ५ सचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

    काठमाडौं । सरकारले ५ जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

    गृह मन्त्रालयका सचिवमा टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ भने गृह मन्त्रालयको सचिवको जिम्मेवारी विनोद सिंहलाई दिइएको छ । उनी यस अघि प्रदेश १ को प्रमुख सचिव रहेका थिए । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायालाई वाणिज्य मन्त्रालयमा लगिएको छ भने अख्तियारको सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिइएको छ ।

    त्यस्तै वाणिज्य मन्त्रालयका सचिव डा गणेश पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।


    images
    images

    Logo