काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमुल्य समायोजन भएको छ । फण्डले लाभांश वितरणका लागि बुक क्लोज गर्ने भएसँगै मंगलवार नेप्सेले इकाई मूल्य समायोजन गरेको हो ।
सो फण्डले १२ प्रतिशत लाभांश वापतको मूल्य समायोजन गरेको छ । उक्त फण्डको समायोजन पछिको इकाईमूल्य १० रुपैयाँ ३० पैसा कायम भएको छ । सो फण्डको अन्तिम कारोबार मूल्य ११ रुपैयाँ ५० पैसा रहेको थियो ।