काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले टि.भि तथा वर्ल्डलिंक इन्टरनेट प्याकेज किस्ताबन्दीमा पाउने भएको छ । बैंकले क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाइ इएमएइ सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक र एनआइटीभि इस्टीम प्राइभेट लिमिटिेड वीच त्रिपक्षिय सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा एनआइटीभि इस्टीम प्राइभेट र बल्र्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकले टि.भि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज आइएमईमा लिन सकिने ब्यवस्था गरिएको छ । आउदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरीले संचालन गरेको यो अफरले ग्राहकले करीव ५६ प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।
यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।



