काठमाडौं । महिलाको भेषमा आएका भारतीयले बच्चा चोरेर लैजाने गरेको भन्दै केही समय अघि आएका समाचारलाई प्रहरीको साइबर ब्युरोले भ्रमपूर्ण भनेको छ । फोटो सहित प्रकाशित समाचारप्रति ध्यानाकर्षण गर्दै व्युरोले हालसम्म त्यसरी कुनै पनि बच्चा चोरिएको भन्दै उजुरी नआएको प्रष्ट पारेको छ ।
व्युरोले यस्ता भ्रामक प्रचारमा विश्वास नगर्न भन्दै त्यसरी भ्रामक प्रचार गर्नेविरुद्ध कानूनी कारबाहीको चेतावनी समेत दिएको छ । व्युरोले कुनै त्यस्ता शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध समेत गरेको छ ।