images
images

काठमाडौं महानगरले एकैदिन ४० बढी अवैध संरचना भत्कायो


  • 422
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    काठमाडौं महानगरले एकैदिन ४० बढी अवैध संरचना भत्कायो

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज एकै दिन ४० बढी अवैध संरचना भत्काएको छ । अवैध रुपमा निर्माण भएका संरचना भत्काउन कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो ।  

    उक्त कार्यअन्तर्गत आज काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा रहेको खोलालाई मिचेर बनाइएका केही टहरा र २० सटर भत्काइएको छ । त्यसैगरी सडक मिचेर निर्माण गरिएका पर्खाललाई पनि डोजर लगाएर भत्काएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। 

    त्यस्तै माछापोखरी चोकमा फुटपाथ प्रयोग गरी निर्माण गरिएको फलामको भर्याङ र खुसिबुँमा पनि अवैध रुपमा निर्माण गरिएको छ टहरा भत्काइएको प्रमुख पाण्डेले जानकारी दिए । हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ ।

     ती सबैलाई कानुनी दायरामा ल्याउने काठमाडौँ महानगरपालिकाको तयारी हो ।काठमाडौँ महानगरपालिकाले यही भदौ ६ गतेदेखि अवैध रुपमा निर्माण भएका र निर्माण भएअनुरुप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुसरण गर्न थालेका छन् ।


    images
    images

    Logo