काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९’ जारी गरेको छ । संशोधित नियमावलीमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन सम्बन्धी व्यवस्थाहरु थप गरेको हो । बोर्डले सार्वजनिक गरेको संशोधनमा नयाँ स्टक एक्सचेञ्ज चुक्ता पूँजी ३ अर्ब हुनु पर्ने व्यवस्था मिलाएको हो । यसअघि स्टक एक्सचेञ्जको पूँजी ५ करोड रुपैयाँ मात्रै थियो ।
धितोपत्र बजारले कारोबार सञ्चालन गरेको २ वर्षभित्रमा आफ्नो जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने छ ।
नेपाल बाहेक अन्य मुलुकमा धितोपत्र बजार संचालन गरिरहेको कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको स्वामित्व ग्रहण गर्ने भएमा सम्वन्धित मुलुकको नियमनकारी निकायबाट धितोपत्र वजार सञ्चालन गर्ने अनुमति प्राप्त गरी विगत दश वर्ष देखि धितोपत्र वजार सञ्चालन गरिरहेको तथा प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति प्राप्त गरेको वा नेपाल सरकारले स्वीकृती दिएको हुनु पर्नेछ ।



