काठमाडौं । अख्तियारी अनुसन्धान आयोगले महाराजगंजस्थित आन्तरिक राजस्व कार्यालयका कार्यरत कम्प्युटर अधिकृत श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीमाथि कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
सोहीको आधारमा उनलाई कैद सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।