images
images

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४  जना चालकमाथी कारबाही 


  • 380
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४  जना चालकमाथी कारबाही 

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४  जना चालकलाई कारबाही गरेको छ । 

    काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २४ घण्टामा ट्राफिकले ३ हजार २३४  जना चालकलाई कारबाही गरेको हो ।  

    फुटपाथमा पार्किङ गर्ने २५५, मदिरा पिएर सवारी साधन चलाउने १३०, हर्नको अनावश्यक प्रयोग गर्ने १४७ जना,  जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३०, तीव्र गतिमा सवारी साधन चलाउने १०१ सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


    images
    images

    Logo