काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमवार छापावाला सुन प्रतितोला ९३ हजार ६ सयमा कारोबार भएको छ ।
आइतवार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।