images
images

भदौ २९ मा दीगो पूर्वाधार लगानी फोरम आयोजना गर्दै लगानी बोर्ड 


  • 630
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    भदौ २९ मा दीगो पूर्वाधार लगानी फोरम आयोजना गर्दै लगानी बोर्ड 

    काठमाडौं । लगानी बोर्डको कार्यालयले दिगो पूर्वाधार लगानी फोरम ‘सस्टेनयवल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम–२०२२’ आयोजना गर्ने भएको छ।

     पूर्वाधार संरचनाहरुको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उदेश्यले बोर्डले भाद्र २९ गते काठमाडौंमा उक्त फोरमको आयोजना गर्न लागेको हो। नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा शुन्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेका प्रतिबद्धता पुरा गर्न स्रोत र साधनको परिचालनमा कोशेढुङगा साबित हुने अपेक्षा बोर्डले गरेको छ। 

    लगानी बोर्डको सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विकास निर्माणको काममा दिगोपन खोज्ने र हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने लक्ष्यका साथ सो फोरमको आयोजना गरिएको जानकारी दिए ।

    बोर्डका अनुसार लगानीकर्ता, निजी क्षेत्र, विकास साझेदार, नीति निर्माता, बैंक तथा वित्तिय संस्था,  विज्ञ÷विशेषज्ञलगायत सरकार साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरू, विकास तथा पूवाधार क्षेत्रका विज्ञहरुको उपस्थिति हुनेछ।  यस्ता विभिन्न क्षेत्रका ५ सय भन्दा बढीको उपस्थिति हुने उल्लेख छ। 

    कार्यक्रमको समुद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष  शेरबहादुर देउवाबाट हुनेछ । कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पिपिपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाका बारेमा विज्ञ बीचमा सैद्धान्तिक बहस हुने बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।

    उद्घाटन सत्रसहित परियोजना बैंक, नेटवर्किङ एवं स्टलसम्बन्धी जानकारीसमेत त्यस अवसरमा प्रदान गरिनेछ । 

     


    images
    images

    Logo