images
images

महानगरपालिकाले गर्यो लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल


  • 482
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    महानगरपालिकाले गर्यो लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल

    काठमाडौं । मापदण्डविपरित बनाइएको ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ ।
    उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो ।

    विगत ६ महिनादेखि आफूहरूले यो पेट्रोलपम्प मापदण्ड विपरित रहेको र  यसलाई हटाउनू भनेर भन्दा पनि नमानेपछि बाध्य भएर हटाउनु परेको हो । पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको छ । 

    हाल तारजाली गरेर लाहा छाप लगाएर छोडेको छ ।


    images
    images

    Logo