images
images

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २९औं वार्षिकोत्सव सम्पन्न


  • 559
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २९औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । धरानस्थित प्रतिष्ठानका उपकुलपति कार्यालय प्राङ्गणमा आइतबार कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाइएको हो । 

    कार्यक्रममा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थय तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ प्रमुख अतिथिको रुपमा सहभागी थिए । आजको कार्यक्रममा प्रतिष्ठानको वार्षिक प्रगति विवरण तथा आगामी वर्षको कार्ययोजना समेटिएको पुस्तकको लोकर्पण समेत गरिएको थियो ।

    bp koirala (2).jpg

     

    उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी तथा गैह्र सरकारी निकाय, शिक्षण संस्था, नागरिक समाज लगायत क्षेत्रका विशष्ठि व्यक्तिहरु साथ प्रतिष्ठानका विभागीय प्रमुख, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रममा छिमेकी राष्ट्र भारतबाट २१औं वीपी मेमोरियल ओरेसनका विद्वत वक्ता दिगम्बर बेहेराको समेत उपस्थित थिए । 

    bp koirala (3).jpg

    यो प्रतिष्ठान नेपाल–भारतको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा स्थापना भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । यो दक्षिण एशियाकै एउटा महत्वपूर्ण स्वास्थ्य केन्द्रको रुपमा रहेको छ । हाल यो प्रतिष्ठानबाट दैनिक ४ हजार भन्दा बढीले सेवा लिइरहेको तथ्यांक छ । यहा“ नेपालको पूर्वी क्षेत्रका साथै भारतबाट समेत बिरामीहरु आउने गरेका छन् ।

    bp koirala (4).jpg


    images
    images

    Logo