images
images

आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्छुः अध्यक्ष प्रचण्ड


  • 299
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्छुः अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

    देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने उनले बताएका छन् । अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका छन् ।

    उनले देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताए । उनले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए ।

    अध्यक्ष दाहालले कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।

    उनले युवाहरु उद्यमशिल हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए । अध्यक्ष दाहालले धन, सम्पती कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरुको आत्मसम्मान हुनेगरी सम्पती आर्जन गर्न युवाहरुलाई आग्रह गरे । उनले लक्ष्यप्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिएका छन्।


    images
    images

    Logo