images
images

शेयर बजारमा ११ अंकको गिरावट, कारोबार ७४ करोड ७२ लाखमा सिमित


  • 479
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    शेयर बजारमा ११ अंकको गिरावट, कारोबार ७४ करोड ७२ लाखमा सिमित

    काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७४ अंकले घटेर १ हजार ९ सय २६ दशमलव २८ विन्दुमा अडिएको छ । 

    आइतबार २ सय २१ स्क्रिपको ७४ करोड ७२ लाख रुपैयाँ बराबरको २५ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २६ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ५६ कम्पनीको शेयर मुल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । 

    आइतबार अन्य उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत घटेको छ। ओरालो लागेका उपसमूहहरुमध्ये यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

    आज सवैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ७४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । यसैगरी आज नबिल बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको २ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको २ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     


    images
    images

    Logo