images
images

अध्यागमन विभागले राख्यो सन्दीप लामिछानेलाई कालोसुचीमा 


  • 375
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    अध्यागमन विभागले राख्यो सन्दीप लामिछानेलाई कालोसुचीमा 

    काठमाडौं । अध्यागमन विभागले सन्दीप लामिछानेलाई कालोसुचीमा राखेको छ । बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई विभागले कालोसूचीमा राखेको हो। 

    उनले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउन साथ पक्राउ गर्ने भनिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जति बेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई अलर्ट गरिएको छ। 

    विहीबार उनलाई  काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । अदालतले पक्राउ गर्ने अनुमति दिएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । 

    लामिछाने जुन बेलापनि आउनेसक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ।


    images
    images

    Logo