काठमाडौं । ङादी गुप्र पावरको अवितरित हकप्रद शेयर लिलामी विक्रीमा गर्ने भएको छ । कम्पनीले साउन १८ गतेदेखि भदै ७ सम्म निष्काशन तथा खुल्ला गरेको हककप्रद शेयर असोज ६ गतेदेखि विक्री गर्ने लागेको हो ।
कम्पनीले सर्वसधारण तर्फको १२ लाख ५७ हजार २ सय ९० कित्ता शेयर विक्री गर्ने लागेको हो ।ङादी ग्रुप पावरले गएको साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६ सय ९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अब लिलामीमा ल्याउन लागेको हो ।