काठमाडौं । सुनचादी बजारमा आज सुनको मूल्य स््स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।
गत शुक्रवार पनि छापावाला सुन सोही कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबर भएको छ भने चाँदी १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको कारोबार मूल्यका आधारमा महासंघले स्थानीय बजारमा मूल्य निर्धारण गर्दै आएको छ । अन्तराष्ट्रिय मूल्य, डलर र नेपाली रुपैयाँको बिनिमयदर, नेपालको भन्सारदर एवं व्यवसायीको नाफा समेत जोडेर यस्तो मूल्य निर्धारण गर्ने गरिएको छ ।



