काठमाडौं । बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ ।
अब उक्त हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको छ।
हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरेको थियो। यसअनुसार साउन १ गतेसम्म कायम रहेका यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।