काठमाडौं । सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२१ बसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डंगोल रहेका छन् ।
सोहि महानगरपालीका–१४ कलंकीस्थित सडकमा मोटरसाइकल आफै अनियन्त्रित भई सडकको छेउमा रोकी राखेको ट्रकमा ठोक्किएर गएराति दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।