images
images

आइएमई दसैँ अफर : दैनिक र साप्ताहिक गरि ९ विजेता छनोट 


  • 359
    SHARES
  • २०७९ भाद्र २४ गते शुक्रबार

    आइएमई दसैँ अफर : दैनिक र साप्ताहिक गरि ९ विजेता छनोट 

    काठमाडौँ । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीहरूलाई लक्षित गदै दसैँ अफर ल्याएको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालन हुनेछ कम्पनीले जनाएको छ । 

    आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक १ जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । 

    साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५,०००(पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ । 

    त्यस्तै अफर अवधिमा १ जनालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।


    images
    images

    Logo