काठमाडौं । साताको अन्तिम दिन सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



