काठमाडौं । मधेश प्रदेशमा काँग्रेसले कम्तीमा ६० प्रतिशत सीट नछाड्ने निर्णय गरेको छ । काँग्रेस मधेश प्रदेश समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
अहिले मधेशमा प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सीट रहेको छ । यो हिसाबले प्रतिनिधिसभामा कम्तीमा १९ र प्रदेशसभामा ३८ सीटमा काँग्रेसले दाबी गरेको छ ।
यद्यपि यो प्रदेश समितिको निर्णय हो । सीट बाँडफाँटसम्बन्धी निर्णय केन्द्रीय समिितबाट अनुमोदन हुने भएकोले यो निर्णय दबाबमूलक मात्रै हो ।