images
images

राष्ट्रपतिद्धारा २ देशका लागि राजदुत नियुक्त


  • 507
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    राष्ट्रपतिद्धारा २ देशका लागि राजदुत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले २ देशको लागि राजदुत नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले  म्यानमारको लागि हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराज पौडेललाई राजदुत नियुक्त गरेकी हुन् ।  

    उनीहरुलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम २ देशको लार्गि नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेको हो ।

    गैरआवासीय राजदूत नियुक्त

    राष्ट्रपति भण्डारीले आजै संयुक्त अधिराज्य बेलायतका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन् ।

     

    001_आवासीय-राजदूत-नियुक्ति_2079_विज्ञप्ति-scaled-1.webp

     


    images
    images

    Logo