images
images

नक्कली प्रवेशपत्र बनाई अन्य व्यक्तिको ट्रायल दिने ५ जना पक्राउ  


  • 498
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    नक्कली प्रवेशपत्र बनाई अन्य व्यक्तिको ट्रायल दिने ५ जना पक्राउ  

    भक्तपुर । मध्यपुर ठिमी नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका–११ टाँडी ठेगाना भएका काठमाडौं चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–४ ठेगाना भएका काठमाडौं तिनकुने बस्ने २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका–१ ठेगाना भई भक्तपुर कटुञ्जे बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही, सिन्धुली दुधौली नगरपालिका–१४ ठेगाना भएका २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका–१ ठेगाना भएका २२ वर्षीय राज कुमार श्रीमल रहेका छन् ।

    प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल सहित पक्राउ गरेको हो । 

    उनीहरू उपर लिखत सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


    images
    images

    Logo